/*php the_title();*/?>

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भएपछि मेलम्ची नगरपालिकाले समुदाय लक्षित पर्यटन विकासको दिशामा ठोस कदम चालेको हो। आर्थिक वर्ष २०८२र८३ का लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गर्दै नगरपालिकाले धार्मिक र सांस्कृतिक महत्व बोकेको गुफाडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ। करीब तीन करोड

लागतमा बन्ने बुद्ध, छ्योर्तेन र डम्फु पार्क यस क्षेत्रको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ। नगर प्रमुख आइतमान तामाङका अनुसार संघ र प्रदेश सरकारको सहयोगमा ढिलाइ भएपछि नगरपालिकाले आफ्नै स्रोतबाट योजना अघि बढाएको हो। प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले परियोजना बहुवर्षीय योजनाअन्तर्गत सम्पन्न गरिने बताए।
नगरपालिकाले भोटेचौर, तपचुली, चियाबगान र धौले क्षेत्रमा पनि सामुदायिक सहभागितामा पर्यटन पार्क विस्तार गर्ने योजना अघि सारेको छ।
१ कार्तिक २०८२, शुक्रबार १९:४५