/*php the_title();*/?>


आइसिँ तामाङ,मेलम्ची सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–७ लाई अनिवार्य तथा निःशुल्क शिक्षाको वडा घोषणा गरिएको छ। ४ देखि १३ वर्ष उमेर समूहका बालबालिका विद्यालयबाहिर नरहेको पुष्टिसँगै उक्त वडा निशुल्क शिक्षा वडा घोषित गरिएको हो। सोही अवसरमा आयोजित कार्यक्रममा यस वर्षको एसईई परीक्षामा ३.०० जिपिए माथि ल्याउने विद्यार्थीहरू तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ। कार्यक्रममा वडा अध्यक्ष पासाङ तामाङले उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले हरेक बालबालिका विद्यालय जान पाउनु पर्ने अधिकारलाई व्यवहारमा उतार्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा श्री बाल सुधार माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नवराज सुवेदी, प्रधानाध्यापक सूर्यप्रसाद श्रेष्ठ, ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयका प्रधानाध्यापक धिराज श्रेष्ठ, शिक्षकहरु , वडा सचिव रूपक उपाध्याय, वडाका कर्मचारी तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
२२ असार २०८२, आईतवार १२:०३