मेलम्ची नगरपालिका–३ हैबुङ अनिवार्य तथा निशुल्क वडा’ शिक्षा घोषणा

आईसिँ तामाङ, मेम्ची ३ हैबुङ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ हैबुङमा शिक्षा समितिको आयोजना तथा हैबुङ्ग महादेव स्थान माविको समन्वयमा वडालाई ‘अनिवार्य तथा निशुल्क वडा’ शिक्षा घोषणा गरिएको छ ।
उक्त कार्यक्रममा मेलम्ची नगरपालिका–३ हैबुङ वडा अध्याक्ष तथा शिक्षा समितिका संयोजक कुमार बन्जाराको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र बुद्धिजीवीहरूको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।
४ देखि १३ वर्षसम्मका बालबालिकाको घर–घरमा पुगेर तथ्यांक संकलन गरिदै सबै बालबालिका विद्यालयको पहुँचमा रहेको पुष्टि भएको छ। बाँकी छुटेका बालबालिकालाई अनिवार्य शिक्षामा समेट्ने प्रतिवद्धता व्यक्त गर्दै सपथ कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

१९ असार २०८२, बिहीबार १९:३९