/*php the_title();*/?>


जनतापत्र, मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम र बजेट निर्माणका लागि आइतबार विभिन्न राजनीतिक दल, सरोकारवाला र पूर्व जनप्रतिनिधिहरूबाट सुझाव संकलन गरेको छ।
कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङ, उपप्रमुख भगवती नेपाल, पूर्व नगरप्रमुख डम्बर अर्याल, तथा अन्य स्थानीय नेताहरूको सहभागिता रहेको थियो।
नगर प्रमुख आइतमान तामाङले नागरिकका आवश्यकता र स्रोतअनुसार योजना बनाइने प्रतिबद्धता जनाउँदै कामहरू पारदर्शी तरिकाले अघि बढाइने बताउनु भएको छ ।
सुझाव संकलनसँगै सार्वजनिक सुनुवाइ पनि गरिएको थियो, जहाँ नागरिकहरूले आफ्नो गुनासो र जिज्ञासा राखेका थिए।
ती प्रश्नहरूको जवाफ उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए।
२ असार २०८२, सोमबार १५:५६