/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
नेपाली काँग्रेस बागमती प्रदेशले २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्ची नगरलाई सम्मान गरेको छ । संविधान दिवसको अवसर पारेर नेपाली काँग्रेस बागमतीले नगर प्रमुख आइतमान तामाङलाई प्रमाणपत्र सहित सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ,नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्मान ग्रहण गर्दै नगर प्रमुख तामाङले नेपाली काङ्ग्रेस बागमती प्रदेशलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
पार्टी सभापति शेरबहादुर देउवाले नगरपालिकाका प्रमुख आइतमान तामाङलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच सम्मानपत्र सहित सम्मान गरिसक्नुभएको छ ।
३ आश्विन २०८१, बिहीबार १२:२८