/*php the_title();*/?>


आइसिँ तामाङ,मेलाम्ची ।
मेलम्ची नगरपालिकामा बालबालिकाको पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गरिएको छ। बिहीवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा घोषणा गरिएको हो।
नगर प्रमुख तामाङले नगर भित्रका सबै नागरिकले सहज र सुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उहाँले विशेषगरी बालबालिका, जेष्ठ नागरिक र महिलाको स्वास्थ्यमा ध्यान दिँदै विभिन्न स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरिएको उल्लेख गर्नुभयो। साथै, यस अभियानमा सहयोग गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
उपप्रमुख उमा प्रधानले सबै पक्षको सक्रिय सहकार्यले पूर्ण खोप सुनिश्चितता र दिगोपना सम्भव भएको बताउँदै, स्वस्थ समाज निर्माणमा सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
मेलम्ची–२ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले सबैको एकजुट प्रयासले मात्र यस्तो उपलब्धि सम्भव भएको बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख पर्शुराम श्रेष्ठ, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि कृष्ण देवकोटा लगायतको उपस्थिति थियो।
३० जेष्ठ २०८२, बिहीबार १८:३२