मेलम्ची नगरपालिकाको १८औं नगरसभा सम्पन्न, १ अर्ब ५३ करोडको बजेट पारित

आइसिँ तामाङ,मेलम्ची सिन्धुपाल्चोक ।
, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको १८औं नगरसभा मंगलबार नगरप्रमुख आइतमान तामाङको सभाध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२र८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र विभिन्न समितिका प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। नगरपालिकाले आगामी वर्षका लागि कुल १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५६२ रुपैयाँको बजेट विनियोजन गरेको छ। प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार तथा सेवा प्रवाहमा प्रविधिको उपयोगलाई समेटिएको छ। नगरप्रमुख तामाङले पारदर्शिता, सहभागिता र जवाफदेहिताका आधारमा स्थानीय सरकार सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नगरसभाका सदस्यहरूले प्रस्तुत नीति तथा कार्यक्रमले मेलम्चीको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

१० असार २०८२, मंगलवार २०:३६