मेलम्चीमा समानता तथा सामाजीक समावेशीता सम्बन्धीत तालिम


जनतापत्र, मेलम्ची ।
मेलम्चीमा समानता तथा सामाजीक समावेशीता सम्बन्धीत तालिम सम्पन्न भएको छ ।

उक्त नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकलाई दुई दिने लैङ्गिक समानता तथा सामाजीक समावेशीता सम्बन्धी तालिम आइतबार सम्पन्न भएको हो ।
करुणा ट्रष्टको आर्थिक सहयोग तथा मेलम्ची नगरपालि
काको समन्वयमा रीड नेपालको आयोजनामा भएको उक्त तालिममा
विद्यालयलाई बाल मैत्री, लौङ्गिक मैत्री, अपांग मैत्री तथा समावेशीमैत्री बनाउनको लागि तालिमको आयोजना गरिएको रीड नेपालका केन्द्रिय कार्यलयका सेफ गार्ड अफिसर लक्ष्मी श्रेष्ठले बताउनुभयो ।
उहाँले तालिममा बाल अधिकार, बाल संरक्षण, तथा बाल सुरक्षा लगायत विषयमा जानकारी दिनुभएको थियो ।

६ आश्विन २०८१, आईतवार १३:१५