/*php the_title();*/?>


जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ, मेलम्चीमा शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रम कार्यान्वयन र मूल्यांकन सिप विकास सम्बन्धी दुई दिने विशेष क्षमता विकास तालिम सुरु भएको छ। यो तालिमले शिक्षकहरूलाई २१औँ शताब्दीको शैक्षिक आवश्यकता अनुसार तयार गर्ने लक्ष्य लिएको छ। मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्यु नेपाल र साझेदारी नेपालले संयुक्त रूपमा आयोजना गरेको यस तालिमको उद्घाटनमा नगर प्रमुख आइतमान तामाङले शिक्षकहरूलाई सिकाइलाई कक्षाकोठाबाट बाहिर निकालेर व्यवहारमा उतार्न आग्रह गर्नुभयो। ूगुणस्तरीय शिक्षाका लागि शिक्षकको समर्पण र इमान्दारी अपरिहार्य रहेको बताउनु भएको छ । नगरपालिकाको शिक्षा शाखाका श्रोत विज्ञ योगबहादुर थापाले विद्यालयहरूको नियमित अनुगमन गर्दा एकीकृत पाठ्यक्रमको कार्यान्वयनमा देखिएका केही कमीकमजोरीलाई सम्बोधन गर्न यो तालिम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यसले शैक्षिक परिणामलाई थप उत्कृष्ट बनाउन मद्दत गर्नेछ। तालिममा सहभागी मेलम्चीका ६० जना शिक्षकलाई इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कुमार चौलागाईंले साइबर अपराध र यसबाट बच्ने उपायबारे पनि जानकारी दिनुभएको थियो। यसले शिक्षकहरूलाई डिजिटल युगका चुनौतीबारे पनि सचेत गराएको छ। तालिमको सहजीकरण नगरपालिकाका श्रोत विज्ञ योगबहादुर थापा, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कुमार खतिवडा, र जनजागृति माविका प्रधानाध्यापक इन्द्रकुमार तामाङ लगायतले गरिरहनुभएको छ।
६ भाद्र २०८२, शुक्रबार १४:१९