मेलम्चीमा बाल संरक्षणसम्बन्धी दुई दिने तालिम सुरु

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
बालबालिकाको सुरक्षा र संरक्षणलाई प्राथमिकता दिँदै मेलम्चीमा दुई दिने विशेष तालिम सुरु भएको छ। मेलम्ची नगरपालिकाको सहकार्यमा रिड नेपालले तालिम आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख उमा प्रधानले शिक्षा प्रणाली समयसँगै परिमार्जन गर्नुपर्ने बताउँदै नयाँ प्रविधि र विधिबाट बालबालिकालाई सिकाउने आवश्यकता औंल्याइन्।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका श्रोत व्यक्ति योगबहादुर थापाले स्थानीय तहले शिक्षा क्षेत्रमा निरन्तर लगानी बढाइरहेको जानकारी दिँदै बालबालिकामाथि हुने दुव्र्यवहार अन्त्य गर्न तालिमले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । सो अवसरमा रिड नेपालकी परियोजना संयोजक शोभा सुवेदीले यसअघि सञ्चालन गरिएका तालिमहरूको प्रभावकारिता पनि यसपटक मूल्याङ्कन हुने जानकारी दिनु भएको छ । उहाँले विद्यालयमा बाल संरक्षण सुनिश्चित गर्न शिक्षकको भूमिकाबारे विशेष छलफल हुने बताइन्। त्यस्तै, वातावरण अधिकृत शुसिला कंडेलले तालिममा मेलम्ची क्षेत्रका १८ जना शिक्षक सहभागी रहेको छ । यस तालिममार्फत सहभागी शिक्षकहरूले विद्यालयस्तरमै बाल संरक्षण र सुरक्षासम्बन्धी नीति–नियमलाई व्यवहारमा उतार्ने अपेक्षा गरिएको छ।

४ भाद्र २०८२, बुधबार १९:४२