मेलम्चीमा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। नगरभित्रका २१ वटा विद्यालय सहभागी प्रतियोगितामा शीतलादेवी माध्यमिक विद्यालय, मेलम्ची–१० ले प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची–११ दोस्रो, प्रगति अंग्रेजी माध्यमिक विद्यालय, मेलम्ची–११ तृतीय तथा ठुलोथकनी माध्यमिक विद्यालय, मेलम्ची–४ ले सान्त्वना स्थान प्राप्त गरेका छन्। इन्द्रेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल तथा शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाललगायतको उपस्थिति रहेको थियो।

३ पुष २०८२, बिहीबार २१:०७