/*php the_title();*/?>


जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका अन्तर्गत आर्थिक वर्ष २०८१र८२ मा सम्पन्न विभिन्न स्वास्थ्य गतिविधिको मूल्याङ्कन गर्ने उद्देश्यले दुईदिने वार्षिक समिक्षा गोष्ठी विहिबारबाट प्रारम्भ भएको छ। उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरभित्रका स्वास्थ्य संस्था तथा सम्बन्धित निकायहरूले वार्षिक कार्यगत प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, आगामी वर्षमा अझ गुणस्तरीय सेवा प्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल र सुझाव संकलन हुनेछ। नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम श्रेष्ठले समिक्षा गोष्ठीले स्वास्थ्य क्षेत्रको उपलब्धि, चुनौती र सुधारका प्राथमिकता पहिचान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, फेयरमेड, नगरपालिका स्वास्थ्य शाखा लगायतका सरोकारवाला निकायहरूको सक्रिय उपस्थिति रहेको छ।
१२ भाद्र २०८२, बिहीबार २०:४७