/*php the_title();*/?>

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
हरितालिका तीज २०८२ को अवसरमा मेलम्ची नगरपालिका वडा नं। १ ले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न समुदायका स्थानीय कलाकारहरूले मौलिक प्रस्तुति दिएका थिए भने लक्षित वर्गलाई सांस्कृतिक सामग्री समेत हस्तान्तरण गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाकी उप–प्रमुख उमा प्रधानले मौलिक पहिचान जोगाउँदै सबै मिलेर समावेशी र समृद्ध नगर निर्माणमा लाग्नुपर्ने बताउनुभयो। उहाँले वडास्तरमा आयोजना गरिएको यस किसिमको सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने र स्थानीय कला–संस्कृतिको संरक्षणमा प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार कलाकारहरूको प्रस्तुति, दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिता र सामग्री हस्तान्तरणले महिला सशक्तीकरण, सामाजिक न्याय र सांस्कृतिक चेतना बलियो बनाउन सहयोग गर्नेछ।
आगामी दिनमा वडास्तरदेखि नगरस्तरसम्म अझ व्यवस्थित र प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता समेत उप–प्रमुख प्रधानले व्यक्त गर्नुभयो।
१० भाद्र २०८२, मंगलवार १५:५५