/*php the_title();*/?>


जनतापत्र, मेलम्ची सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका वडा नम्बर ५ का लुमडी राज खतिवडा सहित ४२ जना नेताहरूले नेकपा एमाले लगायतका पुराना दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उनीहरूले पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेका हुन्। कार्यक्रममा सांसद सन्तोष परियार, प्रदेश सभापति डा. अच्युतम लामिछाने र सभापति रवि लामिछानेका सल्लाहकार प्रमोद न्यौपानेलगायत नेताहरूको उपस्थिति थियो।
रास्वपाका स्थानीय नेता दीपक आलेमगरका अनुसार सिन्धुकोट क्षेत्रमा हालसम्म ८९ जनाले रास्वपाको सदस्यता लिइसकेका छन् भने २५ जना सदस्य बन्ने प्रक्रियामा छन्।
नेता लुमडी राज खतिवडाले जेठ २६ गते, आफ्नो जन्मदिनको दिन, रास्वपामा प्रवेश गरेका हुन्। उनले अबको राजनीति रास्वपाको भएको बताउँदै परिवर्तनको अभियान लिएर जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
२ असार २०८२, सोमबार १५:५४