/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
अध्यक्ष मेलम्ची नगरपालिका उपप्रमुख एवम् न्यायीक समिति संयोजक उमा प्रधानको प्रमुख आतिथ्यतामा सामुदायिक मेलमिलाप सम्बन्धी २ दिने पुनर्ताजगी तालिम सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख प्रधानले नगरले प्रत्येक बर्ष यस्ता तालिम राख्ने गरेको जानकारी दिनुभयो । उहाँले मेलमिलापकर्तालाई समय अनुसार अपडेट गराँउदै लैजाने नगरको उदेश्य रहेको जनाउनुभयो ।
उहाँले मेलमिलापकर्ताहरुले स्थानीय सरकारसंगै रहेर स्थानीय सरकारलाई सहयोग गरिरहेको जानकारी दिनुभयो । यसको लागि नगरपालिकाले केहि बजेट समेत बिनियोजन गरिएको बताउँदै मेलमिलापकर्ताहरु अझै सकृय हुन अनुरोध गर्नुभयो ।
सिन्धुपाल्चोक बारका सदस्य एवम् मेलमिलाप प्रशिक्षक
उद्धवप्रसाद अधिकारीले तालिममा मेलमिलाप सहजीकरणका सिप, मेलमिलाप कर्ताले मेलमिलाप सत्र संचालन गर्न आवश्यक पर्ने लिखत मस्यौदा अभ्यास, मेलमिलाप सत्र अभ्यास बारे प्रशिक्षण गराइने बताउनुभयो ।
१२ चैत्र २०८१, बुधबार १२:४१