/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था चौताराको २६ औं साधरण सभा सम्पन्न भएको छ । आज चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा सो साधरणसभा सम्पन्न भएको हो । उपप्रमुख थापाले सो साधरण सभालाई सम्बोधन गर्दै अगामि दिनमा सहकारी संस्थालाई सकेको सहयोग गर्ने बताउँदै सो संस्था निति र विधिमा चलेको जानकारी दिनुभयो । भाका नाघेका क्रिणीहरुलाई क्रण तिर्न अटेरी गरेमा उनिहरुलाइ सहकारीको नियम अनुसार क्रण चुक्ता गराउँन प्रक्रिया अगाडि बढाउँन उपप्रमुख थापाले अनुरोध गर्नुभयो । आज यस सहकारी संस्थाकोसेयर सदस्य बनेकाहरुलाई उपप्रमुख थापाले बिल र रसिद हस्तान्तरण गनुभयो । साधरण सभाको दिन पारेर असली क्रणी डम्बर कुमारी श्रेष्ठलाई र असली बचतकर्ता देवीमाया श्रेष्ठ र जेष्ठ नागरिकको रुपमा शन्तकुमारी श्रेष्ठलाई सम्मान गरिएको छ । सो सस्थामा छात्राबृति वितरणको व्यवास्थ पनि गरिएको छ । मिना देवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथिको रुपमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा जिल्ला बचत तथा क्रण सहकारी संस्थाको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
३ मंसिर २०८१, सोमबार ११:२८