/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची। राष्ट्रिय मानव अधिकार एलायन्स, मेलम्ची नगर कमिटीको दोस्रो नगर अधिवेशन मेलम्चीमा सम्पन्न भएको छ। अधिवेशन मानव अधिकार एलायन्सका केन्द्रीय सचिव मधुसूदन सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि सापकोटा, विशेष अतिथि एमाले नेता शेर ब। तामाङ, डोल्मा लामा, सुवाष कर्मचार्य, हस्त पण्डित, जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मानव अधिकारको संरक्षण, प्रवद्र्धन र संगठन सुदृढीकरण सम्बन्धी विषयमा विचारविमर्श गरिएको थियो।

अधिवेशनकै अवसरमा नेकपा एमाले सिन्धुपाल्चोकबाट निर्वाचित केन्द्रीय सदस्यहरू शेर ब, तामाङ, डोल्मा लामा, सुवास कर्मचार्य, हस्त पण्डित तथा प्रदेश सचिव बालकृृष्ण देउजा लाई बधाई तथा सम्मान गरिएको थियो।कार्यक्रम मानव अधिकार एलायन्स मेलम्ची नगर कमिटीका रुद्र प्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको हो। अधिवेशनले सुवास बानियाँको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरेको छ।
२५ पुष २०८२, शुक्रबार १८:२३