/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक –
सिन्धुपाल्चोकको बाहुनेपाटी–कोइरालाटार खण्डअन्तर्गत पर्ने मादले भीरमा मध्यपहाडि लोकमार्ग आयोजनाले ब्रेकथ्रु गरेको छ। दशैंअघि नै सो खण्डमा सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ।

विगत २८ वर्षदेखि स्थानीयले साँघुरो बाटो, भीरको त्रास र इन्द्रावतीमा खस्ने जोखिम खेप्दै आएका थिए। यस क्रममा ४/५ जना नागरिकले ज्यान गुमाउनुपरेको स्थानीयले स्मरण गरे।
यो सफलतासँगै अब राष्ट्रिय राजमार्गमा सहज पहुँच सम्भव भएको छ। परियोजनाका प्रस्तावक पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पहलकर्ता एमाले नेता तथा पूर्व मन्त्री शेरबहादुर तामाङ, साथै सिन्धुपाल्चोकका सक्रिय राजनैतिक दल र तिनिहरुका नेताहरुप्रति स्थानीयले आभार व्यक्त गरेका छन्।
इन्द्रावती नदी तारेर बाँडेगाउँ, सिपापोखरे, भीमटार, भोटसिपा हुँदै बन्देउसम्म सहज यातायात सुविधा पुग्ने भएकाले यसले क्षेत्रको आर्थिक र सामाजिक विकासमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ।
यसबारे जानकारी दिँदै इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशिनाथ आचार्यले स्थानीयले अब , यातायातको दीर्घकालीन समस्या मुक्त हुने विश्वास व्यक्त गर्नुभयो।
७ आश्विन २०८२, मंगलवार १९:००