माझी बस्ती भिमटारमा सार्वजनिक सुनुवाई


जनतापत्र, इन्द्रावति ।
माझी बस्ती भिमटारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सिन्धुपाल्चोकको अति सिमान्तकृत माझी बस्ती भिमटारमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण अन्तरगत दोस्रो चरणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

कमलको फुल महिला बहुउद्देश्यीय सहकारी संस्था साँगाचोकको आयोजना र टेवाको सहयोगमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा
स्थानिय तह तथा सरकारी निकायले संचालन गर्ने कार्यक्रम अन्तरगत लैङ्गिक उत्तरदायी बजेट, महिला प्रजनन स्वास्थ, लघु उद्यमशिलता, लैङ्गिक हिंसा र विपद तथा जलवायु अनुकूलनमा केन्द्रित रहेर सहभागीहरुले प्रश्न गरेका थिए ।

गत सोमबार भएको सार्वजनिक सुनुवाईमा माझी महिलाहरुले स्वरोजगारका कार्यक्रम संचालन देखि योजना छनौटमा महिला सहभागीता गराउन र महिलाको कामको सम्मान हुनुपर्ने विषयमा समेत सरोकार वालाको ध्यान केन्द्रित गरिएको थियो ।

माझी समुदायको लागी नगरपालिकाले निशुल्क स्वास्थ्य विमा कार्यक्रम ल्याएको जवाफदेहिताको रुपमा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष रोशन राज गिरीले बताउनुभयो ।
उहाँले यस्तै उद्यमशिलता र आय आर्जनका कार्यक्रम पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
यस्तै जवाफदेहिताको रुपमा भुमि आयोग सिन्धुपाल्चोकका पुर्व अध्यक्ष झम्क पराजुली, भीमटार स्वास्थ्य चौकीका ईन्चार्ज सविन श्रेष्ठ, इन्द्रावती माध्यामिक विद्यालयका प्रधानध्यापक शालिक राम वली, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख शिक्षक प्रविण बस्नेत समेत रहनुभएको थियो ।
उहाँहरुले कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ पालैपालो दिनुभएको थियो ।

यस्तै कार्यक्रमको बारेमा कमलको फुल महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष सिता पौडेलले प्रकाश पार्नुभयो
। सहकारीले महिलाहरुको सशक्तिकरण लागी काम गर्दै आएको उहाँको भनाई थियो ।

टेवा अन्तर्गत रहेको सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरणको कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठले सोही अबसरमा बोल्दै टेवा महिला कोष भएको र महिलाहरुको लागि अनुदान संकलन गरेर महिलाहरुको सशक्तिकरण गर्नुको लागि अगाडी बढेको जानकारी दिनुभयो ।

२० फाल्गुन २०८१, मंगलवार १३:१४