/*php the_title();*/?>


जनतापत्र,पाँचपोखरी थाङपाल गाँउपालिका ।
नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल गाउँपालिका समितिले बिभिन्न माग सहित आन्दोलनमा रहेका शिक्षकको मागप्रति ऐक्यबद्धत जनाएको छ । नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल गाउँपालिका समितिले आन्दोलन स्थलमै पुगेर आन्दोलनरत शिक्षकहरूप्रति समर्थन जनाएको हो।
नेपकपा माओवदी केन्द्र पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष दिलबहादुर वाइबाका अनुसार माओवादी केन्द्रले आन्दोलनरत शिक्षकहरूका मागप्रति पूर्ण समर्थन जनाउँदै शैक्षिक क्षेत्रमा सुधार र शिक्षकहरूको हक–अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब दिने प्रतिवद्धता जनाएको छ।
शिक्षा क्षेत्रका समस्या समाधान गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा अध्यक्ष वाइबाले जोड दिनुु भएको छ ।
२७ चैत्र २०८१, बिहीबार १३:४४