माइतीघरमा मिराज ढुङ्गानाको नेतृत्वमा प्रदर्शन ,जेनजी अभियन्ता निकोलस भुसाल लगायत पक्राउ

जनतापत्र,काठमाडौँ ।
माइतीघरमा मिराज ढुङ्गानाको नेतृत्वमा भएको जेनजी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा जेनजी अभियन्ता निकोलस भुसालसहित केही सहभागीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले माइतीघर क्षेत्रमा प्रदर्शनको अनुमति नदिएको भए पनि जेनजी समूहले प्रशासनको आदेश अवज्ञा गर्दै प्रदर्शन गरेको प्रहरीले जनाएको छ । अनुमति बिना प्रदर्शन भएपछि नियन्त्रणमा लिनु परेको प्रहरीको भनाइ छ । जेनजी समूहले भने आज देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ ।

७ पुष २०८२, सोमबार १३:१५