महिला लघु उधम बिकासले सुरु गरे ६५ दिने कटाई सिलाई तालीम



सुनिता रखाल चौतारा ।
सीप सिकौं आत्मनिर्भर बनौं भन्ने मुल नाराका साथ गरिबी निबरणका लागि महिला लघु उधम बिकासले ६५ दिने कटाई सिलाइ तालिम सुरु गरेको छ ।
चौतारा सागाचोक गढि नगरपालिका को उप–प्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा महिला लघु उधम बिकासले चौतारामा ६५ दिने कटाई सिलाई तालीमको व्यानर पढेर उदघाट्न गरेकी हुन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख थापाले हातमा सिप हुने व्यक्तिले वेराजगार बस्न नपर्ने वताइन् । नगरपालिकाले गरेका सबै कार्यक्रमहरु अनुगमन गरिरहेको बताउदै सिलाई क्षेत्रमा आफलाई पोख्त बनाएमा रोजगारको अवसर राम्रो रहेको बताइन् । तालिममा राम्रोसंग सिकेर आफ्नो सिप दक्षता विकास गर्न सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गरिन् ।
चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ५ र जिल्ला लघु उद्यम संघको सहआयोजनामा तथा उद्योग तथा वाणिाज्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा कटाई सिलाई तालिम भएको हो ।
तालिममा सिलाई ब्यवसाय गर्न र गरिरहेका महिलाहरु सहभागी रहेका छन् । सिलाई गरिरहेको महिलाहरुलाई क्षमता विकास गर्न तालिम आयोजना गरेको संघका अध्यक्ष सानुमाया गुरुङले बताइन् ।
सो कार्यक्रम गरिबी निवारणका लागी महिला लघु उद्यम विकास कार्यक्रम अन्तरगत सानुमाया गुरुङको अध्यक्षतामा भएको थियो ।

५ चैत्र २०८१, बुधबार ००:४१