/*php the_title();*/?>
टिका सुवेदी, सिन्धुपाल्चोक-
महिनावारी दिवसको अवसरमा इन्द्रावती गाउँपालिका द्वारा आयोजना गरिएको पालिका स्तरीय स्वास्थ्यसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता कार्यक्रम पालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता तथा वडा नं. ५ का अध्यक्ष एवं पालिका प्रवक्ता, अन्य वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, पालिकाका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको हो।

इन्द्रावती गाउँपालिकाभित्र रहेका १२ वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा ज्ञान, चेतना र समावेशी सहभागितालाई प्रोत्साहन दिइएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कमलदेवी माध्यमिक विद्यालय, वडा नं. ६ ले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी, ऐसेलुखर्क माध्यमिक विद्यालय, वडा नं. ५ ले द्वितीय स्थान र सिम्पालेश्वरी माध्यमिक विद्यालय, वडा नं. १ ले तृतीय स्थान प्राप्त गरे ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पालिका अध्यक्ष श्री नेपालले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक रुपमा महिनावारी जस्ता संवेदनशील विषयहरूमा खुला संवादको वातावरण सिर्जना गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा विजेता विद्यालयहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी शिक्षक तथा अभिभावकहरूले यस्ता कार्यक्रमले विद्यालय तहदेखि नै विद्यार्थीसहित सम्पूर्ण समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

१५ जेष्ठ २०८२, बुधबार १६:५५