मनोसामाजिक समस्या भएका व्यक्तिहरूका लागि अभिमुखीकरण कार्यक्रम

जनतापत्र,चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले “आशा जगाऔं, जीवन बचाऔं” भन्ने मुल नाराका साथ सरोकारवालाहरूबिच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
मनोसामाजिक समस्याका कारण पीडित बनेका व्यक्तिहरूको अवस्था, समुचित व्यवस्थापन तथा आवश्यक सेवा–सुविधा उपलब्ध गराउने विषयमा सरोकारवालाबीच छलफल गरिएको हो ।
सोही कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उप–मेयर सिता थापाको विशेष उपस्थितिमा भएको थियो। मानसिक स्वास्थ्यको संवेदनशीलता र स्थानीय सरकारको भूमिकाको बारेमा धारणा राख्दै, यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने उप–मेयर थापाले विश्वास व्यक्त गर्नु भएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले उक्त कार्यक्रमको आयोजना गरीएको हो।
उक्त कार्यक्रममा प्रशिक्षक लिलप्रकाश चन्दले मानसिक स्वास्थ्य सम्बन्धी जानकारी, मनोसामाजिक समस्याको पहिचान, व्यवस्थापन र सहानुभूतिपूर्ण व्यवहारका बारेमा सहभागीहरूलाई प्रभावकारी रुपमा प्रशिक्षण दिनु भएको थियो ।

२७ चैत्र २०८१, बिहीबार १३:३६