/*php the_title();*/?>
जनतापत्र, भोटेकोशी ।
१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनामा हालसालै दोस्रोपटक गरिएको परीक्षण गरिएको छ ।
उक्त परिक्षणमा सुरुङबाट पानी चुहिएको छ ।
दोस्रोपटक गरिएको परीक्षणमा सुरुङबाट पानी चुहिएसँगै परीक्षण बन्द गरिएको छ ।
बाह्रबिसे नगरपालिका– ६ बोर्डरल्यान्डभन्दा माथिको सुरुङबाट पानी चुहिएको हो ।
दोस्रो परीक्षणमा पनि पानी चुहिएको आयोजनाका प्रमुख कार्यकारी निर्देशक रामगोपाल सिवाकोटीले बताउनुभयो ।
परामर्शदाताको सुझावअनुसार चिनियाँ ठेकेदारलाई काम गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले ‘पहिलाभन्दा केही सुधार भएको बताउँदै विद्युत् उत्पादन गरिहाल्नचाहिँ समस्या आएको जनाउनुभयो ।
उहाँका अनुसार, नौँ महिनाअघि परीक्षण गर्दा चुहिएको स्थानबाट नै पानी चुहिएको छ । हाल परीक्षण रोकिएको छ ।
आयोजनाको टिम अहिले सुरुङ परीक्षणमा लागेको छ ।
अहिले सुरुङमा भएको पानी सबै खाली गराइएको छ । उक्त लिक भएको स्थानमा प्राविधिक टोलीले परीक्षण गरिरहेको छ ।सिवाकोटीका अनुसार, परामर्शदाता, चिनियाँ ठेकेदार र आयोजनाको टिम बसेर आउँदो शुक्रबारसम्म गहन छलफल गर्ने र अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले विद्युत् उत्पादन सुरु गर्न अझै केही समय लाग्ने बताउनुभयो ।
पानी चुहावट भएको सुरुङको मर्मत गर्दा ग्राउन्डेड विधि अपनाइएको छ । जसको कारणलेल डिफेक्ट आएको प्राविधिक टिमले निष्कर्ष निकालेको छ । सुरुङमा लाइनिङ विधि गर्नुपर्ने भएकोले कम खर्चमा सुरुङ बनाउने विधि अवलम्बन गरेको हो । चिनियाँ कम्पनीले पानी चुहावट भएको स्थानमा सिमेन्टको घोला बनाएर प्लास्टर गरेको थियो। जब कि प्राविधिक टोलीले चेकजाँच गरेपश्चात फलामको रडसहित जगबाटै लाइनिङ गर्नुपर्ने भएको छ । सुरुङबाट पानी चुहिएकाले जोखिम बढेको स्थानियहरुले बताएका छन् ।
१२ मंसिर २०८१, बुधबार १२:५८