/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
क्यान्सर प्रभावित गरिब तथा निसहायलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियानको ११ औँ दिन मेलम्ची–१२ बाहुनेपाटी आइपुगेको छ। क्यान्सरबाट बचेका हर्क लामाको अगुवाइमा सुरु भएको अभियान १८०० किलोमिटरको दूरी पार गर्दै अघि बढिरहेको छ। आफ्नो उपचारका क्रममा भोगेको आर्थिक अभाव र कठिनाइबाट प्रेरित हर्क लामाले क्यान्सर विजेतालाई मात्र होइन, भविष्यमा क्यान्सर प्रभावित लाई उपचारमा सहयोग पु¥याउने उद्देश्य राखेका छन्। सो अभियानमा अर्का क्यान्सर विजेता कविता चित्रकार, डा। विकास पराजुली, ज्ञानेन्द्र स्थापितसहित अन्य राइडरहरुको सहभागिता छ। अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ ९पुस १७० मा चिवाभञ्ज्याङबाट सुरु भएको यात्राले कोशी प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, दिक्तेल र उदयपुर हुँदै बागमती प्रदेश प्रवेश गरेको हो।

हिजो दोलालघाट पुगेको टोली आज मेलम्ची आइपुगेर बाहुनेपाटीस्थित धुलिखेल अस्पतालको स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर र क्यान्सर सचेतना कार्यक्रम सञ्चालन गरियो। धुलिखेल अस्पतालको सहकार्य र साइकल कल्चर कम्युनिटीको आयोजनामा भएको कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर प्रभावितलाई सहयोगार्थ कोष निर्माण गर्नुका साथै मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पाठेघरको मुख र स्तन क्यान्सरबारे जनचेतना फैलाउनु रहेको छ। क्यान्सर सचेतना कार्यक्रमका लागि धुलिखेल अस्पतालका प्राध्यापक डा। सुमनराज ताम्राकारले नेतृत्व गरिरहेका छन्। उनका अनुसार हालसम्म पाँचथर, तेह्रथुम, धनकुटा र दिक्तेलका ६ स्थानमा कार्यक्रम सम्पन्न भइसकेका छन् र करिब ६०० जना विद्यार्थी तथा महिलाहरू प्रत्यक्ष लाभान्वित भएका छन्।
२७ पुष २०८२, आईतवार २१:४६