/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
मंगोल नेशनल अर्गनाइजेसन एमएनओको तेस्रो सिन्धुपाल्चोक जिल्ला भेला शनिबार खाडिचौरमा सम्पन्न भएको छ। भेलामा संगठनका केन्द्रीय प्रवक्ता रिन्छेन तामाङ मुख्य अतिथि रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता तामाङले देशको अहिलेको जटिल राजनीतिक अवस्थाका बीच आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निर्णायक हुने उल्लेख गरे। उनका अनुसार देशलाई विकास र परिवर्तनको बाटोमा उभ्याउन सक्षम शक्ति एमएनओ नै रहेको दाबी गरीएका छन ।
जिल्ला भेलाबाट दावा लामाको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला समिति गठन गरिएको छ। वक्ताहरूले मंगोल आन्दोलनको प्रभाव देशभर फैलिरहेको दाबी गर्दै अभियानलाई थाम्न नसकिने अवस्था आइसकेको टिप्पणी गरे।

उनीहरूले विभिन्न कम्युनिस्ट शक्तिहरूले भ्रम सिर्जना गर्ने प्रयास गरे पनि मंगोल अभियान कमजोर नपरेको अभिव्यक्ति दिनु भएको छ । कार्यक्रमका क्रममा मंगोल समुदायका परम्परागत तथा मौलिक सांस्कृतिक झाँकीहरूको प्रदर्शनसमेत गरियो, जसले भेलालाई थप आकर्षक बनायो। एमएनओ स्वर्गीय गोपाल गुरुङले पञ्चायतकालमा स्थापना गरेको राजनीतिक दल हो। भेलामा राज्यले आदिवासीरजनजाति तथा मुलबासी–मंगोल समुदायका अधिकारलाई लामो समय उपेक्षा गरेको आरोपसमेत गरियो। वक्ताहरूले प्रतिनिधिसभामा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न एमएनओ निर्वाचन अभियानमा जुट्ने संकेत दिएका छन ।
२६ पुष २०८२, शनिबार २१:१७