भोटेकोशी पावर कम्पनीले स्थानीयलाई १० प्रतिशत शेयर दिने सहमति

जनतापत्र,भोटेकोशी सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको माथिल्लो भोटेकोशी पावर कम्पनीले स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर दिने सहमति गरेको छ। कम्पनी, गाउँपालिका, जेन–जी आन्दोलनका प्रतिनिधि र स्थानीयबीच आइतबार भएको सर्वपक्षीय बैठकपछि एक महिनादेखि बन्द रहेको पावरहाउस पुनः सञ्चालनमा आएको हो। गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पाका अनुसार प्रत्यक्ष प्रभावित स्थानीयका नाममा छुट्टै कम्पनी बनाएर सो कम्पनीलाई शेयर दिने निर्णय गरिएको छ। शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ र स्थानीयको तर्फबाट लगानी गर्न बैंक कर्जाको व्यवस्था हुनेछ। उक्त कर्जा कम्पनीकै लाभांशबाट फछ्र्यौट गर्ने सहमति भएको छ। पावरहाउस बन्द हुँदा करिब ३० करोड रुपैयाँ घाटा भएको कम्पनीले जनाएको छ।
सहमतिलाई स्थानीयले लामो संघर्षपछि प्राप्त अधिकारका रूपमा लिएका छन्।

२७ आश्विन २०८२, सोमबार १०:०३