भोटेकोशी नदी क्षेत्र आसपास सतर्कता अपनाउन आग्रह – असार ७ गतेसम्म तिब्बतमा भारी वर्षाको सम्भावना

आइसिँ तामाङ ,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले असार ३ गतेदेखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। चीनको प्रहरी कार्यालयबाट प्राप्त जानकारीका आधारमा भोटेकोशी नदीको माथिल्लो क्षेत्र – जुन तिब्बत हुँदै नेपालमा प्रवेश गर्छ । जिल्ला प्रशासनले विशेषगरी भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरूमा जोखिम बढ्न सक्ने भन्दै जनतालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।
बाढी वा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार आसपासको बस्तीहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नदी कि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले असार ३ गतेदेखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

४ असार २०८२, बुधबार १४:२६