भीमसेनलाई सय तोला चाँदी तथा सुनको गहनाले सुसज्जित किंकम्पा र मुकुट अर्पण गरिदँै


जनतापत्र, चौतारा ।
भीमसेनलाई सय तोला चाँदी तथा सुनको गहनाले सुसज्जित किंकम्पा र मुकुट अर्पण गरिने भएको छ ।
जिल्लाको सदरमुकाम चौतारा साँगागाचोक गढी नगरपालिका ५ पुरानो बजारस्थित भीमसेनलाई सय तोला चाँदी तथा सुनको गहनाले सुसज्जित किंकम्पा र मुकुट अर्पण गरिन लागेको हो ।
जिल्लामा सांस्कृतिक तथा सामाजिक रूपमा कृयाशील सम्पदा संरक्षण गुठीको अनुरोधमा भक्तपुरस्थित रंजितकार समाज तथा ललितपुरका सामाजिक अभियन्ता तथा ख्यातिप्राप्त मुर्तिकार रवि शाक्य टम एण्ड जेरीको संयोजनमा किंकम्पा
र मुकुट अर्पण गरिने भएको हो ।
सम्पदा संरक्षण गुठीका अध्यक्ष तथा सामाजिक अभियन्ता रविन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार, यहि २९ गते भीमसेनलाई सो गहना चौतारा साँगाचोकगढीका नगरप्रमुख कृष्णप्रसाद सापकोटा मार्फत् अर्पण हुने कार्यक्रम तय भएको हो ।
सामाजिक अभियन्ता तथा किंवदन्तीमा भक्तपुर पेजका संचालक गणेशराम रंजितले ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको पुरानो बजारस्थित भीमसेनलाई गहना चढाउन पाउनु आमभक्तपुरवासीको अहोभाग्य भएको जानकारी दिनुभयो ।
सो दिन तान्त्रिक विधिद्वारा भीमसेन जागा गराउने तथा रंजितकार समाजका अध्यक्ष रामगोपाल रंजितद्वारा पुजा हुने कार्यक्रम हुने भएको छ ।

२७ कार्तिक २०८१, मंगलवार १२:५१