भिडियो


दिपकराज भट्ट अधिवक्ता

बाल्यकालदेखि कानमा गुन्जिरहने “भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला, र यो कुरा सिधै वैकुण्ठ जाला” भन्ने यो उखान आज पनि उतिकै सान्दर्भिक लाग्छ। यसले सुन्ने कुरा कति महत्त्वपूर्ण छ भन्ने स्पष्ट पार्छ। धेरै ठाउँमा गइयो, धेरै छलफलमा भाग लिइयो, तर बारम्बार यही प्रश्नले सताइरहन्छ, के हामी साँच्चिकै सुन्छौँ तरु कि सुनाउने मात्रै गर्छौं ?

यथार्थमा हेर्ने हो भने आजको व्यस्त जीवनशैलीमा कसैसँग पनि अर्काको कुरा सुन्ने फुर्सद छैन। धेरैजसो भेला, सभा, छलफलमा हामी सुनाउने मात्र भइदिन्छौँ। अधिकांश समय, हामी आफ्ना कुरा राख्ने र हिँडिहाल्ने गर्छौँ। सुन्ने मनस्थितिमा पुग्न सकेकै हुँदैनौ।

मानिसमा अरूको कुरा सुन्न होइन, आफ्नै कुरा कसरी अगाडि ल्याउने भन्ने प्रतिस्पर्धा गरेको देखिन्छ। अझ भनौँ, सुन्ने चासो देखाउनेहरू पनि धेरैजसो आफ्नो पालो पर्खिरहेका हुन्छन्, “सुन्न होइन, बोल्नका लागी”। यो प्रवृत्ति विशेष गरी ठुला भनिएका व्यक्तिहरूमा बढी देखिन्छ।

बोल्न त सबैले सिकाए, तर सुन्न कसैले सिकाएनन्। अरूका कुरा सुनेर यथार्थ पत्ता लाग्छ भन्ने कुरालाई मानिसहरूले खासै महत्त्व दिएको देखिँदैन। “कमजोर मात्र सुन्छन्, बलियोले त सुनाउने हो” भन्ने मानसिकताले गर्दा छलफलहरूले सही गन्तव्य पाउन नसकेका थुप्रै उदाहरणहरू छन्।

म, माथिल्लो तहदेखि तल्लो तहसम्मका धेरै भेला र बैठकहरूमा सहभागी भएको छु। तीमध्ये धेरैजसोमा उही पुरानो ढाँचा र प्रवृत्ति देखिन्छ। तर, बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं। ५ गौरी गाउँमा भइरहेको एउटा छलफलले मलाई साँच्चै चकित बनायो।

हामीलाई थोरै संख्याका मानिसहरूको भेला व्यवस्थापन गर्नसमेत कठिन पर्छ। तर त्यहाँ ठुलै सङ्ख्यामा मानिसहरू भेला भएर सामुदायिक वनको सिमाना विवाद समाधानका लागि छलफलमा जुटेका थिए। करिब १९ वर्षदेखि रामकुटी सामुदायिक वन र सुनखोली सामुदायिक वनका उपभोक्ताबिच सिमानालाई लिएर द्वन्द्व चलिरहेको थियो।

गाउँको मुटुमा काँडा बनेर गाडिएको यस विवाद समाधानका लागि पटक पटक डिभिजन वन कार्यालय, सब डिभिजन कार्यालय र स्थानीय न्यायिक समिति सक्रिय भए। तर समाधान आएन। यथास्थितिमा गाउँ अझै चिच्याइरह्यो। समुदाय निराश बन्दै गयो। गाउँका अगुवाहरू पनि निष्क्रिय भए।

यही क्रममा न्यायिक समितिको सिफारिसमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) ले माकुरा समूह मार्फत यस द्वन्द्वमा सहजीकरणको सुरुवात ग¥यो। सबै सरोकारवालालाई समेटेर छलफलको नयाँ ढोका खोल्यो। एक यस्तो ढोका, जहाँ सबैले आफ्नो ठाउँ पाउँथे, सुनिन्थे, र सुन्थे।

माकुरा समूहले प्रक्रियागत छलफलका क्रममा दुई समुदायबिच चलिरहेको विवादमा साझा विकल्पमा छलफल र सहमति पारितका लागी यस संयुक्त बैठकको आयोजना गरेको थियो। थुप्रै मानिस भेला भएको बैठक सौहाद्र्रपूर्ण वातावरणमा चलिरहेको थियो। होहल्ला वा गालीगलौजको कुनै गुञ्जायश थिएन। सबैलाई समान व्यवहार र अवसर सिर्जना गरिएको थियो। सबैले सबैका कुरा सुन्ने र आफ्ना कुरा राख्ने वातावरणको सुनिश्चितता थियो।

बैठक सञ्चालनको तरिका थियो, “खाट विधि”।
सुन्दा अचम्म लाग्न सक्छ । “खाट” भनेको त सुत्ने ठाउँ होइन र ? तर यहाँ खाट, छलफलको मर्यादा, अनुशासन र समानताको प्रतीक बनेको थियो। विगतका ठुला भेलाहरू सञ्चालनको तुलनामा यो विधि आफ्नै विशिष्टता र सबैलाई समान व्यवहार गर्ने पद्धतिका कारण महत्त्वपूर्ण लाग्यो। यस संयुक्त भेलामा द्वन्द्वरत पक्षहरू, सरोकारवाला निकायहरू र सञ्चालनकर्ता सबैका अगाडी एउटा–एउटा खाटको व्यवस्था गरिएको थियो।

बैठकको सुरुमा हरेक पक्ष र सरोकारवाला निकायबाट वक्ताको रूपमा दुई–दुई जनालाई खाटमा बस्न लगाइयो। साथै, उक्त पक्षका अरू सबै व्यक्ति खाटको पछाडिपट्टि लामबद्ध रूपमा बसे। छलफलका क्रममा आफ्ना कुराहरू राख्न पाउने नियम पनि गज्जबको थियो।

“खाटमा बसेकाले मात्र बोल्न पाउने।”
छलफलका क्रममा खाटको पछाडि बसेका व्यक्तिलाई पनि कुरा राख्न मन लागेमा खाटमा बसेको व्यक्ति पछाडि जाने र ऊ खाटमा आएर मात्र बोल्न पाउँथ्यो। खाटमा नबसीकन कसैले पनि बोल्न पाउँदैनथे।

बैठक सञ्चालन प्रक्रियाको जानकारी पहिले नै समुदाय र सरोकारवालाहरूलाई गराइएको रहेछ। जसले गर्दा उनीहरू मानसिक रूपमा तयार भएर आएका थिए । माकुरा समूहले बैठकको व्यवस्थापन गर्दा व्यवहारिक पक्षलाई ठुलो ध्यान दिएको थियो। माकुरा समूहका सदस्य भन्दै थिए, “हामी यस प्रकारको बैठकमा बसाइको व्यवस्था मिलाउँदा जाडो महिना छ भने सबैलाई घाम लाग्ने गरी र गर्मी महिना छ भने सबैलाई शीतल हुने गरी मिलाउँछौँ। होइन भने त पक्षपात गरेको जस्तो भइहाल्छ नि।”

यस छलफलमा सबैले एक अर्काको कुरा सुने। धामपुर र चिल्हरियाका गाउँलेहरूले आफ्ना भावनाहरू खुलेर राखे। स्थानीय अगुवा बरु राम थारु विगत सम्झँदै भन्नुहुन्छ, “पहिला माथिबाट निर्णय आउने र तल थोपारिन्थ्यो। माथिबाट थोपरिएका निर्णयहरू गाउँलेले मान्थेनन्। छलफलहरू कार्यालयका चार दिवालमा सीमित थिए।”

उहाँ थप्नुहुन्छ, “तर अहिले अवस्था फरक छ। जसको समस्या हो उसैसँग छलफल गरिँदैछ। सबैका लागि एउटै नियम, एउटै स्थान, एउटै अवसर प्रदान गरिएको छ। सबैलाई एउटै स्तरमा राख्ने यस विधिले “हामी सबै बराबरी हौँ” भन्ने अनुभूति जगाएको छ। सही अर्थमा सहभागितामूलक लोकतन्त्रको आधार भनेको यही हो जस्तो महसुस भएको छ।”

जतिखेर जहाँबाट जे पनि बोल्ने परिपाटीलाई यस विधिले नियन्त्रण गरेको थियो। नियममा बसेर कुरा राख्दा छलफलको निष्कर्षमा पुग्न सहज भएको थियो। स्थानीय र सरोकारवालाहरू यस बैठक सञ्चालनको तरिकाबाट खुसी थिए। न कसैको ठुलो कुरा, न सानो। न त गालीगलौज, न हुल हुज्जत। सबैको विचारलाई सम्मान गरिएको थियो। १९ वर्षको विवादलाई सुल्झाउने भन्दा ठुलो खाँचो थियो एक अर्कालाई सुन्ने, बुझ्ने र सम्मान गर्ने संस्कार बसाल्ने। जुन कुरा यस प्रक्रियाले गरेको थियो।

बिन्तीराम थारु मुस्कुराउँदै भन्छन्, “अहिले त हामीले आफैँलाई पनि सुन्न थालेका छौँ। पहिले आफ्नै कुरा मात्रै लाद्ने बानी थियो। अब अर्काको कुरा पनि हेरिन्छ, सुनिन्छ र बुझिन्छ।” खाट विधिबाट सञ्चालित संयुक्त छलफलबाट अन्ततः सात बुँदे सहमति पारित भयो। ती सहमतिहरू केवल कागजमा सीमित भएनन्। कार्यान्वयन पनि भए। यतिका वर्षको गहिरो विवाद शान्तिपूर्ण रूपमा टुगिंयो। खुसीका आँसु र मुस्कान साटिए। एउटा बैठकले मात्र होइन, सही तरिका र सबल प्रक्रियाले गर्दा यस्तो हुन सक्यो।

आज हामी जतिसुकै संवाद को कुरा गरौँ, जबसम्म सुन्ने संस्कार हुन्न, समाधान पनि सम्भव हुन्न। समस्या सुल्झाउन सुनाउने मात्र होइन, सुन्ने खाटमा बस्न सक्ने मनोवृत्ति चाहिन्छ भन्ने कुरा राप्ती सोनारीको अनुभवले सिकाएको छ। यस गाउँबाट “सुनियो, बुझियो, र सुल्झियो” भन्ने सन्देश फैलिएको छ।

निचोडमा भन्नुपर्दा, खाट विधि विभिन्न चाहना भएका व्यक्ति तथा समूहहरू बिच व्यवस्थित रूपमा छलफल सञ्चालन गर्नका लागि ज्यादै प्रभावकारी विधि साबित भएको छ। यसले छलफलको नयाँ संस्कार सिकाएको छ। देशका अन्य ठाउँहरूमा समेत माकुरा समूहले यही विधिको प्रयोग गरी छलफल गर्ने गरेका छन्। खाट उपलब्ध नहुने ठाउँमा समेत मेच, कुर्सी, गुन्द्री जे छ, त्यही प्रयोग गरिएको छ। यहाँ मुख्य कुरा भौतिक स्वरूप भन्दा पनि सुन्ने र प्रस्तुति गर्ने शैली रहेको छ। जहाँ अरूको कुरा पनि मूल्यवान् हुन्छ भन्ने मनोवृत्ति हुन्छ, त्यहीँ समाधानको बाटो खुल्छ भन्ने पाठ यस विधिले सिकाएको छ।यसलाई अन्य समुदाय र संस्थाहरूले पनि प्रयोग गर्न सक्ने हो भने, कति समस्या समाधान हुन्थे होला, है ? (कानुन खवरबाट साभार)

छलफलको नयाँ संस्कार सिकाउँदै खाट विधि

https://youtu.be/fR6qJgwLGa0?si=zN7YlSmgEvqUQ-wt

चौतारा साँगाचोकगढी नपा. १ स्याउलेको वृत्तचित्र

https://youtu.be/fAsW1aUJXFk?si=zPyvjALQaxUu3ww9

देश बन्दैछ

https://youtu.be/bHKFsQL29aY?si=my7Y3MjzvBK0rg9S

सामाजिक कार्यमा अब्बल – गुड ह्यास् नेपाल


निनाम लोवात्ती

मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो । पछिल्लो आर्थिक वर्षमा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजारको निर्यात भयो । यो २५ करोड ६८ लाख ७१ हजार रुपैयाँ कम हो ।

अघिल्लो आर्थिक वर्ष नेपालबाट १ खर्ब ५२ अर्ब रुपैयाँको बस्तु निर्यात भएकोमा गत आर्थिक वर्ष २ खर्ब ७७ अर्ब रुपैयाँको बस्तु निर्यात भयो । सरसर्ती हेर्दा मुलुकका लागि यो ऐतिहासिक उपलव्धि हो । तर, यथार्थता भिन्न छ । किनकी गत आर्थिक वर्ष करिब डेढ खर्ब रुपैयाँ मूल्य बराबरको भटमासको तेल, सूर्यमुखी तेल लगायतको निर्यात भएको छ । जो स्वदेशी उत्पादन होइन । जबसम्म देशमै उत्पादित बस्तुको निर्यात बढ्दैन तबसम्म मुलुकले समृद्धि हासिल गर्दैन ।

२ ठुला औद्योगिक देश चीन र भारतले घेरिएको भूपरिवेष्ठित देश नेपालका लागि बस्तु निर्यातमार्फत समृद्धि हासिल गर्न सकिने क्षेत्र अत्यन्त साँघुरो छ । नेपालका सीमित उत्पादनहरू मात्रै विदेश निर्यात हुन सक्छन् । जसमध्ये सबैभन्दा बढी संभावना बोकेको उपज हो अलैँची । नेपालमा विशेष प्रकारको अलैँची उत्पादन हुन्छ । अहिलेसम्म नेपाल, भुटान, भारत, श्रीलंका, मलेसिया र ग्वाटेमाला देशमा मात्रै अलैँची खेती हुने गरेको पाइन्छ ।

यी देशका किसानहरूले उत्पादन गर्ने अलैँचीलाई ठुलो र कालो अर्थात् ‘बिग एन्ड ब्ल्याक कार्डामोम’ भनिन्छ । विश्वमा कहिले र कहाँदेखि यसको व्यावसायिक खेती गर्न सुरु गरियो ? थाहा नभए पनि नेपालमा सिक्किमबाट ल्याएर अलैँची खेती सुरु गरिएको भनाइ रहेको छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा अलैँचीको कारोबार ८० हजारबाट सुरु भएर १ लाख १२ हजार प्रतिमनसम्म पुग्यो । १ मनमा ४० किलो हुन्छ । राम्रै मूल्यमा कारोबार हुँदा पनि अघिल्लो आर्थिक वर्षको जस्तो आम्दानी भने नेपालले लिन सकेन । अघिल्लो वर्षको तुलनामा ३ दशमलव २ प्रतिशत कम निर्यात भयो । मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो । पछिल्लो आर्थिक वर्षमा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजारको निर्यात भयो । यो २५ करोड ६८ लाख ७१ हजार रुपैयाँ कम हो ।

भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष ५० लाख ९ हजार किलो निर्यात भएको थियो भने पछिल्लो वर्ष ४२ लाख ९४ हजार किलो निर्यात भएको थियो । नेपालमा उत्पादित अधिकांश अलैँची मेची भन्सारबाट निर्यात हुन्छ । सानो परिमाणमा वीरगन्ज भन्सारबाट निर्यात हुने गरेको छ ।

अलैँँची खेतीका लागि समुन्द्र्री सतहदेखि ६–७ सय मिटरदेखि २१–२२ सय मिटरसम्म उपयुक्त मान्ने गरिएको छ भने ७–८ सेन्टिग्रेटदेखि १९–२० सेन्टिगे्रट तापक्रम उपयुक्त हुन्छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, गोरखा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, कास्की, लमजुङ, पर्वत, स्याङ्ज, बागलुङ, सल्यान, अछाम दैलेखलगायत लगभग ४२ जिल्लामा अलैँचीको खेती भइरहेको छ । अलैँची खेती हुने प्रमुख जिल्लाचाहिँ ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा रहेका छन् । अलैँची विकास केन्द्र फिक्कलका अनुसार नेपालमा विगतमा प्रमुख ३ जातका अलैँची उत्पादन हुने गरेकोमा पछिल्लोपटक अरू २ जातको अलैँची विकास गरी ५ जातको अलैँची खेती गर्न सिफारिस गरेको जनाएको छ ।

नेपाल भौगोलिक हिसाबले सानो भए पनि साधन–स्रोतहरूमा विश्वका कैयौँ देशहरूभन्दा धनी रहेको छ । त्यसमा पनि प्राकृतिक स्रोतहरू जस्तै वनस्पति, जडीबुटी, वन–जंगल, प्राकृतिक रूपमै रहेको हरियाली वन–जंगलका सवालमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन ।

हाम्रो देशमा हजारौँ प्रकार जडीबुडीजन्य वनस्पती, झ्याउ, लेउ, बुट्यान, लहरा, ठुलठुला रूख जस्तै वर, पीपल, खयर, शमी आदि पाइन्छ । नेपालमा हुने वा भनौँ गरिने धेरै प्रकारका नगदे बालीहरूमध्ये चिराइतो, अलैँची, अम्रिसो आदि प्रमुख रहेका छन् । यस्तै यहाँ नगदे बाली अलैँचीका बारेमा केही लेख्दै छु ।

केही समयअघि दुनबहादुर बुढाथोकीले लेखेको एक लेखअनुसार आर्थिक वर्ष २०७३–०७४ मा नेपालका अलैँची किसानहरूले १२ हजार ८४७ मेट्रिक टन अलैँची उत्पादन गरेका थिए । दुनबहादुर बुढाथोकीको सोही लेखमा उल्लेख भएअनुसार सन् २०१६ मा विश्व बजारमा निर्यात भएको अलैँचीमा नेपालको ६८ प्रतिशत भाग रहेको थियो । त्यसपछि भारतको २२ र भुटानको ९ प्रतिशत अंश रहेको थियो ।

‘अलैँची’ मात्रै यस्तो एक नगदे बाली हो, जुन किसानले थोरै मिहिनेतले धेरैभन्दा धेरै आम्दानी गर्न सक्छन् । तर त्यसका लागि केही सेपिलो, चिस्यान र मलिलो माटो भएको जग्गा हुनुचाहिँ जरुरी हुन्छ । अझ त्यसमा पनि उत्तिस जातको रुखमुनि ‘अलैँची’को बिरुवा छिटो हुर्कन्छ, राम्रोसँग सप्रिन्छ ।

विगतमा पनि ‘अलैँची’ खेती गर्ने किसानले राम्रो आम्दानी गरे पनि बीचमा खासै आर्थिक लाभ लिन सकेका थिएनन् । त्यसो हुनुमा ‘अलैँची’को बोट नै ओइलिने, सुकेर जाने र बोट नै मर्नेसम्म भयो भने त्यही बेला भाउ घटेर गयो । त्यतिबेला नेपाली अलैँचीको भाउ घटेर प्रतिमन ११–१२ देखि बढीमा १४–१५ हजार रुपैयाँ मात्रै पाउने स्थिति बन्यो । नेपाली अलैँची किसानहरूले बढीमा १७–१८ हजार रुपैयाँसम्ममा बेच्नुपरेको दुःखद् र निराशलाग्दो अवस्था पनि आइपरेको थियो ।

सुरुमा नेपालका पूर्वी भेगका किसानहरूले राम्रो आम्दानी गरेको देखेपछि नेपालका अन्य क्षेत्रका किसानहरूले पनि अलैँची खेतीमा हात हाले । यसरी हेर्दा धेरै लामो समयसम्म नेपालको पूर्वी भागमा मात्रै सीमित रहेको अलैँची खेती नेपालको मध्य, पश्चिम र मध्यपश्चिमसम्म फैलियो ।

अलैँची नेपालका पहाडी तथा हिमाली भूभागमा भने ८–९ सय उचाइदेखि १५–१६–१७ सय मिटरको उचाइसम्ममा अलि राम्रो उत्पादन गर्न सकिन्छ । जे भए तापनि विगत लामो समयदेखि नेपालको पूर्वी भेग जस्तै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा आदि जिल्लामा नगदे बालीका रुपमा अलैँची खेतीबाट किसानहरूले राम्रो आम्दानी गर्दै आएका थिए, छन् । अहिले आएर भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, बाजुरा, दैलेख, बैतडीलगायत पश्चिम तथा सुदूर पश्चिमका जिल्लाहरूमा पनि अलैँची खेतीका लागि बिरुवा सार्ने, रोप्ने क्रम सुरु भएको छ ।

ठुलो अलैँचीको महत्व पछिल्लो समयमा चीन, मध्यपूर्व, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका एवं अफ्रिकाका देशहरूमा समेत बढ्दो क्रममा निकासी हुन थालेकोले पनि प्रष्ट पारेको छ । तर, हामी नेपालीहरूका लागि अलैँची निकासीमा मूल समस्या भनेको भारतीय व्यापारीहरू र भारत सरकारले नेपालमा उत्पादन भएका अलैँचीलाई आफूले मात्रै किन्ने र त्यही अलैँची फेरि आपूmले ब्रान्डिङ गरेर अरू देशलाई आफ्नो देशको उत्पादन भनी बेच्ने गरेको छ । जुन काम सरासर गलत हो । त्यसैले यस्तो कामलाई तत्कालै रोक्न र नेपाल आफैँले आफ्नै ढंगले हामीले उत्पादन गरेको अलैँचीको ब्रान्डिङ गर्नेतर्फ नेपाल सरकार र सम्बन्धित निकायले कदम चालिहाल्नुपर्ने देखिन्छ । (सौर्यअनलाइनबाट साभार)

नेपालको आर्थिक समृद्धीको संभावना बोकेकी ‘मसलाकी रानी अलैँची’

https://youtu.be/fR6qJgwLGa0?si=RYIJm3ClwcSM-Ptx

चौतारा साँगाचोकगढी नपा. १ स्याउलेको वृत्तचित्र


२०८१ फागुन २० गते, मंगलवार, ४ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष पञ्चमी तिथि। अश्विनी नक्षत्र ०८ः५४ बजेपछि भरणी। चन्द्रराशि मेष।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन पनि सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। विभिन्न भौतिक साधन प्राप्तिको योग छ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा फाइदा हुनेछ। पछिका लागि अवसर खोजी गर्ने समय छ। व्यापार बढ्नेछ भने पेसा–व्यवसायमा आम्दानी प्रशस्तै हुनेछ। नाम र दाम हातपार्ने समय छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। नयाँ उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतका साथै गोपनीयतामा ध्यान पुर्याउनुहोला।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने लेखन र अभिव्यक्ति कलामा निखारता ल्याउने समय छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। मान–सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

आजको राशिफल

https://youtu.be/29Y3Ve-JG9c?si=g5jSQpBc-6evzTxb

SUKUTE SHERA BEACH- SINDHUPALCHOK

Janatapatra Online TV1.15 हजार सदस्यहरू

https://youtu.be/vY-Q79swN1g?si=QQ4P8IDSg5zCg8Xd

धरमपानी साव.को वृत्तचित्र

https://youtu.be/RUOm3i9NCQw?si=Gb4Nbr0ziOUP3wW2

केपी सरकारको आयूबारे बोले प्रचण्ड

https://youtu.be/RUOm3i9NCQw?si=kPmcPjbH0GubInpi

केपी सरकारको आयूबारे बोले प्रचण्ड

https://youtu.be/uGNaTA3ZLj0?si=Rxm1a94l_inY-4QX

नयाँवाटो – चौतारा साँगाचोकगढी नगरपालिका कृषिबाटे सम्बृद्ध बन्न सक्छ

https://youtu.be/IP-evwzg7GI?si=rP3_8iZ0eaKWFn3l

जुगल गाउँपालिकामा अाँखा शिविर

https://youtu.be/oSXaH4AjZ1I?si=0oDV__XeAG1Yj8sQ

वडाको विकासमा लागेका छौं- dil bahadur shrestha

https://youtu.be/uGNaTA3ZLj0?si=WU4sTdQQ3b2PXLuQ

चौतारा साँगाचोकगढी नगरपालिका कृषिबाट नै सम्बृद्ध बन्न सक्छ

https://youtu.be/IP-evwzg7GI?si=E4DNnDNiN__J07y5

जुगल गाउँपालिकामा अाँखा शिविर