/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
थाइल्यान्डको बैंककमा आयोजित थाइल्यान्ड कराते कप २०२६ मा नेपालबाट सहभागी सिन्धुपाल्चोकका २ खेलाडीले स्वर्ण र रजत पदक जितेका छ्नभारत, बंगलादेशलगायत ९ देशका खेलाडी सहभागी रहेको उक्त प्रतियोगितामा नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रभाव जमाएको हो। प्रतियोगितामा सिन्धुपाल्चोकका दुई खेलाडीले उल्लेखनीय सफलता हासिल गरेका छन्। हेलम्बुका मिङमार तामाङले ८० केजीमाथि तौल समूहमा स्वर्ण पदक जित्दै देशको शिर उचो बनाएका छन् भने मेलम्चीकी निर्माया तामाङले ५० केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी छन्।

त्यस्तै, ५५ केजी तौल समूहमा विवेन्द्र तामाङले स्वर्ण र सुशील लामाले रजत पदक जितेका छन्। ८० केजीमाथि तौल समूहमा सुदर्शन बन्जाराले काश्य पदक हात पारेका छन्। टोलीमा खेलाडी दिपक तितुङ्गसमेत सहभागी थिए। नेपाली टोलीको व्यवस्थापन तथा प्राविधिक पक्षमा टिम म्यानेजर आइतेराम थिङ, कुमुते कोच रामनारायण श्रेष्ठ, काता कोच निमा तामाङ, अफिसियल जानुका देवी मगर तथा रेफ्री चित्र प्रसाद श्रेष्ठ र अंकध्वज मोतेको भूमिका रहेको थियो।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीले हासिल गरेको यो सफलता देशका लागि गौरवको विषय बनेको छ। विशेषगरी सिन्धुपाल्चोकका खेलाडीको पदक जितले जिल्लाको खेलकुद क्षेत्र थप उत्साहित भएको छ।
४ फाल्गुन २०८२, सोमबार २०:४७