कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत आरजु राणा देउवा घम्भिर घाइते

जनतापत्र, काठमाडौं ।
राजधानीको बूढानिलकण्ठस्थित निवासमा प्रदर्शनकारीले गरेको आक्रमणमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवा घम्भिर घाइते भएका छन्।
स्रोतका अनुसार ठूलो संख्यामा प्रवेश गरेका आन्दोलनकारीले देउवा निवास बाहिर नाराबाजी गर्दै ढुंगामुढा गरेपछि घरभित्र आगजनीसमेत भएको हो। आगलागी नियन्त्रणमा लिन ढिलो हुँदा भवनको धेरै भाग क्षतिग्रस्त भएको र सम्पत्ति ठूलो मात्रामा नोक्सान भएको प्रारम्भिक जानकारी आएको छ।
सुरक्षाकर्मीहरूले देउवा दम्पतीलाई उद्धार गरी अस्पतालतर्फ लगिएको बताइएको छ।
निवासमा भएको तोडफोडपछि वरपरका क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाइएको छ। स्थानीयवासीहरू भयभीत बनेका छन् भने घटनापछि सम्पूर्ण बूढानिलकण्ठ क्षेत्रमा कर्फ्युजस्तै वातावरण सिर्जना भएको छ।

२४ भाद्र २०८२, मंगलवार १६:००