/*php the_title();*/?>


आइसिँ तामाङ, बाह्रबिसे सिन्धुपाल्चोक ।
बाह्रबिसे नगरपालिकाको १७ औं नगरसभा आइतबार “हामी सबैको चाहना – सुन्दर, शान्त र सफा नगरको परिकल्पना” भन्ने मूल नारासहित भव्यताका साथ सम्पन्न उक्त नगरसभामा नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, सरोकारवाला निकाय तथा नागरिकको सक्रिय उपस्थिति रहेको थियो।
सभामा प्रमुख अतिथिको रूपमा नेपाली काङ्ग्रेसका पुर्व स्वस्थ्य मन्त्री एक प्रतिनिधिले आफ्नो विचार राख्दै बाह्रबिसे नगरको विकास तथा समृद्धिका लागि बजेट विनियोजन, पूर्वाधार निर्माण र जनसहभागिताको विषयमा धारणा राख्नु भएको थियो ।
उक्त अवसरमा उहाँले आफ्नो सिफारिसमा यस आर्थिक वर्षमा संघीय तथा प्रादेशिक बजेटबाट बाह्रबिसे नगरभित्रका विभिन्न विकास आयोजनाहरूमा अत्यधिक बजेट विनियोजन भएकोप्रति धन्यवाद र खुशी व्यक्त गर्नु भएको छ ।
नगरसभामा विभिन्न वक्ताहरूले पनि स्थानीय तहमा भएका उपलब्धि र आगामी योजनाहरूको समीक्षा गर्दै पारदर्शिता, जनसहभागिता र दिगो विकासप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।
बाह्रबिसे नगरपालिकाले समग्र नगरको योजना, बजेट तथा नीति कार्यक्रममा स्पष्टता ल्याउँदै आगामी वर्षका लागि विकासका प्राथमिकता तय गरेको जानकारी दिएको छ ।
८ असार २०८२, आईतवार २१:४४