/*php the_title();*/?>


जनतापत्र,बागमती ।
बागमती प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई ७ बर्गमा बर्गीकरण गरी समपूरक अनुदानको कार्यविधि तयार गरेको छ।
कार्यविधि अनुसार ‘क’ वर्गमा काभ्रेको महाभारत गाउँपालिका, धादिङको रुभीभ्याली गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र दोरम्बा गाउँपालिका गरी ५ स्थानीय तह परेका छन्।
यस वर्गमा पर्ने स्थानीय तहले आफ्नो २० प्रतिशत मात्र लागत साझेदारीमा समपूरक अनुदान कार्यान्वयन गर्न सक्नेछन्। यी स्थानीय तहहरूको लागि ८० प्रतिशत अनुदान प्रदेश सरकारले उपलब्ध गराउने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
यस्तै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका र जुगल गाउँपालिका, दोलखाको गौरीशंखर गाउँपालिका, विगु गाउँपालिका र मेलुङ गाउँपालिका, रसुवाको आमाछोदिङमो गाउँपालिका, रामेछापको सुनापती गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका र खाँडादेवी गाउँपालिकासहित १९ स्थानीय तह ख बर्गमा परेका छन्।
यस्तै काभ्रेको तेमाल गाउँपालिका, चौरीदेउराली गाउँपालिका र खानिखोला गाउँपालिकालाई पनि ख वर्गका वर्गीकरण गरिएको छ ।
बागमती प्रदेशका २७ वटा स्थानीय तहहरूलाई प्रदेश सरकारले ‘ग’ वर्गमा वर्गीकरण गरेको छ। जसमा नुवाकोटको म्यागङ गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, तादी गाउँपालिका, सुर्यगढी गाउँपालिका र शिवपुरी गाउँपालिका छन्।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, दोलखाको कालिञ्चोक गाउँपालिका र शैलुङ गाउँपालिका, रामेछापको रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकासहित ग वर्गमा परेका छन्।
ग वर्गमा पर्ने यी स्थानीय तहहरूले प्रदेश सरकारबाट ६० र पालिकाको ४० प्रतिशत समपूरक अनुदानमा योजना सञ्चालन गर्नेछन्।
यस्तै, २३ स्थानीय तह ‘घ’ वर्गमा परेका छन्। जसमा दोलखाको तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिका, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, इन्द्रावती गाउँपालिका, बाह्रबिसे नगरपालिका र सुनकोशी गाउँपालिका रहेका छन् भने काभ्रेको नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका रहेका छन्।
नुवाकोटको बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका, लिखु गाउँपालिका र पञ्चकन्या गाउँपालिका, रसुवाको कालिका गाउँपालिका लगायतका छन । ‘घ’ वर्गमा पर्ने स्थानीय तहहरूले समपूरक अनुदानको बजेटमा प्रदेश र स्थानीय सरकारको ५०÷५० प्रतिशत लागत सहभागितामा योजना कार्यान्वयन गर्नेछन्।
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, काभ्रेको धुलीखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिका, मकवानपूरको थाहा नगरपालिका र मनहरी गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई ‘ङ’ वर्गमा वर्गीकरण गरिएको हो।
यता, काठमाडौँको शंखरापुर नगरपालिका र नुवाकोटको ककनी गाउँपालिका पनि ‘ङ’ वर्गमा परेका छन्। यस वर्गमा पर्ने स्थानीय तहहरूले स्थानीय तहको ६० र प्रदेश सरकारको ४० प्रतिशत लागत सहभागीतामा योजना कार्यान्वयन गर्नेछन्।
यसैगरी, काभ्रेको पाँचखाल नगरपालिका, पनौती नगरपालिका र बनेपा नगरपालिका, काठमाडौँको दक्षिणकालि नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, नुवाकोटको विदुर नगरपालिका लगायतका १३ स्थानीय तह च वर्गमा परेका छन ।
२६ चैत्र २०८१, बुधबार २१:२०