/*php the_title();*/?>


जनतापत्र,सिन्धुपाल्चोक ।
बागमती प्रदेशमा सञ्चार क्षेत्र सशक्तिकरण र मिथ्या सूचना न्यूनीकरणका लागि ‘फ्रि मिडिया नेटवर्क’ गठन गरिएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा, युरोपियन युनियनको सहयोग र सञ्चारिका समूह तथा एकाउन्टिविलिटी ल्यावको सहकार्यमा संवाद कार्यक्रमसहित नेटवर्क गठन गरिएको हो।
कार्यक्रममा विभिन्न मन्त्रालय, मानव अधिकार आयोग, प्रहरी, नागरिक समाज, पत्रकार संगठन तथा सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अध्यक्ष कृष्ण सारु मगर र महासचिव राधेश्याम खतिवडाको संयोजकत्वमा नेटवर्कले मिडिया साक्षरता, पत्रकार सुरक्षा र जवाफदेही सञ्चारको प्रवर्द्धन गर्नेछ।
कार्यक्रममा वक्ताहरूले मिडियालाई मर्यादित, जिम्मेवार र नागरिकमैत्री बनाउनेतर्फ जोड दिएका थिए।
८ जेष्ठ २०८२, बुधबार १२:३०