/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिका–६ मा मकैको खोस्टाजस्ता खेर जाने स्थानीय कच्चा पदार्थको उपयोग गर्दै घरायसी सामग्री उत्पादन सम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा भएको तालिमपछि सहभागीहरूले सिकेको सीपलाई व्यावसायिक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।सहभागी नारायण तिमल्सिनाले मकैको खोस्टाबाट बुकी, ढकी, चकटीलगायत सामग्री बनाउन सकिन्छ भन्ने पहिल्यै जानकारी नभएको उल्लेख गर्दै आयआर्जनको माध्यम बनाउने योजना रहेको बताए। उनले स्तरीय र उन्नत तालिमको आवश्यकता पनि औँल्याए। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले स्थानीय स्रोतसाधन, सीप विकास र आत्मनिर्भरता बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।

स्थानीय सामग्रीको प्रयोगबाट उत्पादन सुरु गर्न सके स्वरोजगार र रोजगारी अवसर विस्तार हुने धारणा राखे। तालिममा व्यावहारिक सीप हस्तान्तरण गरिएकै प्रशिक्षक रिता गाहाले स्थानीय स्तरमै आयआर्जन र रोजगारीको सम्भावना उच्च भएको बताइन्। वडा अध्यक्ष तेजबहादुर पराजुलीले स्थानीय उत्पादन र स्थानीय उपभोगलाई प्राथमिकता दिइने उल्लेख गर्दै पाहुना सत्कारमा पनि यस्तै सामग्री प्रयोग गरिने जानकारी दिए। स्थानीय कच्चा पदार्थको उपयोग, सीप हस्तान्तरण र उपभोगमार्फत स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन भएको तालिमले बलेफी क्षेत्रमा आत्मनिर्भर आधार निर्माणमा योगदान हुने अपेक्षा गरिएको छ।
२९ पुष २०८२, मंगलवार २१:२१