बन डढेलो नियन्त्रणमा पुर्ब तयारी अग्नि रेखा निर्माण


जनतापत्र चौतारा ।
डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको आयोजनामा बन डढेलो नियन्त्रण पुर्ब तयारी अग्नि रेखा निर्माण स्थल निरीक्षण गर्दै नगरपालिका तथा गाउपालिकाको सामुदायिक वनको विभिन्न ठाउँहरुमा डडेलोबाट जोगाउनका लागी अग्निरेखा निर्माण गर्दै आएको छ । बन्देउ पातले ठुलो सामुदायिक बन समुह, चौतारा साँगााचोक गढी नगर पालिका –१३ श्रीछाप सामुदायिक बन समुह,

बलेफी गाउँ पालिका –४ माथिल्लो बिन्जेल चाप बोटे सामुदायिक बन समुह, बलेफी गाउँ पालिका –२ अम्बा घारी सामुदायिक बन समुह लगाएतका वन समुहमा बन समुहको पदाधिकारी र उपभोक्ताहरुको सकृयतामा डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको आयोजनामा हरित स्वयंसेवक शारदा प्रसाद चालिसेको नेतृत्वमा बन डढेलो नियन्त्रणमा पुर्ब तयारी अग्नि रेखा निर्माण गरेको थियो ।
यसै गरी बन्देउ चौतारा सडक दायाँ बाया को पत्करहरु सफा गर्दै अग्नि नियन्त्रण पुर्ब तयारी सडक लाइनमा पर्ने सबै सामुदायिक बन समुहहरुले दाया बायाका पत्कर सोरी यसरिनै सफा गर्दै आफ्नो बन को सुरक्षा गर्नु हुन पनि अनुरोध पनि गरेको छ ।

२९ चैत्र २०८२, आईतवार १४:११