फागुन १८ बाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड हुँदै


जनतापत्र, चौतारा ।
अगामी फागुन १८ गतेको लागि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता हुने भनि मिति तोकिएको छ ।
जिल्लाको सदरमुकाम चौतारा टुुँडिखेलमा हुने प्रतियोगिता तीन दिनसम्म चल्नेछ । अध्यक्ष रामकृष्ण दंगालले जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका १२ स्थानीय तहका विद्यार्थी खेलाडिहरु
को सहभागिता रहने छ । पालिकास्तरीय रनिङ शील्डमा पदक बिजेताहरूले यो प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

२८ माघ २०८१, सोमबार ११:५९