/*php the_title();*/?>

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका वडा नं। ११ स्थित फट्टेमा पक्की पुल निर्माण हुने पक्का भएको छ। लामो समयदेखिको स्थानीयको मागलाई सम्बोधन गर्दै बागमती प्रदेशका मन्त्री र स्थानीय जनप्रतिनिधिको टोलीले शुक्रबार स्थलगत अनुगमन गरी प्राविधिक अध्ययनको काम समेत सुरु गराएको छ। बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङको निर्देशनमा प्राविधिक टोलीले आजैबाट फिजिबिलिटी सर्भेु थालेको हो।

अनुगमनका क्रममा मन्त्री तामाङले यो पुलले मेलम्चीको यातायात र व्यापारमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गर्नुभयो। नगर प्रमुख आइतमान तामाङले यो परियोजनालाई मेलम्चीको विकासको कोशेढुङ्गाु संज्ञा दिनुभएको छ। अनुगमनमा उपप्रमुख उमा प्रधान, विभिन्न वडाका वडाध्यक्षहरू र पूर्वाधार विज्ञहरूको सहभागिता रहेको थियो। प्राविधिक अध्ययन सकिए लगत्तै पुलको डिजाइन र निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ।
४ पुष २०८२, शुक्रबार २१:२६