प्रेस सेन्टर सिन्धुपाल्चोकको नयाँ कार्यसमिति चयन


जनतापत्र, चौतारा ।

प्रेस सेन्टर सिन्धुपाल्चोकको नयाँ कार्यसमिति चयन
भएका छन् ।

सिन्धुपाल्चोकको ७ अधिवेशनले अशोक पराजुलीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएका छन् ।
सहिद स्मृति भवन चौतारामा शुक्रवार अधिवेशन सम्पनन भएको
थियो । उपाध्यक्षमा सालिगराम दुलाल, दिलमाया खड्का , सचिवमा निर्मल कुमार बस्नेत,सहसचिवमा युवराज गिरी , कल्पना श्रेष्ठ , कोषाध्यक्षमा केशवप्रसाद अधिकारी, सदस्यहरुमा मिलन तामाङ , निरुता श्रेष्ठ , अर्जुन विश्वकर्मा , रामकृष्ण पराजुली, सुवाष अर्याल र प्रेम तामाङ चयन भएका छन् ।
यस्तै केन्द्रीय प्रतिनिधिमा पत्रकार महासंघ सिन्धुपाल्चोकका निबर्तमान अध्यक्ष जीवन श्रेष्ठ तथा दिनेश दुलाल प्रदेश प्रतिनिधिहरुमा टिकाराम दाहाल, मणिशुन्दर कोइराला, दिपक खत्री र अस्मी स्याङतान चयन भएका छन् ।

प्रेस सेन्टर नेपालको गौरवमय विराशतलाई नयाँ टिमले अझ उचाईमा पु¥याउने नवनिर्वाचित अध्यक्ष पराजुलीले प्रतिबद्धता गर्नुभएको छ ।

५ माघ २०८१, शनिबार ११:१५