/*php the_title();*/?>


जनतापत्र, सुकुटे ।
सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न प्रेस सेन्टर नेपाल वाग्मती प्रदेशको ५ औ अधिबेशनको निर्वाचनबाट ध्रुब अधिकारी अध्यक्षमा सर्वसहमतिले निर्वाचित भएका छन् । अधिकारी यसभन्दा अघिल्लो कार्यकाल महासचिव रहेका थिए ।
निर्वाचन समितिका संयोजक इश्वरीराज मैनालीका अनुसार समितिको खुला उपाध्यक्ष उपाध्यक्ष राजन अधिकारी , समाबेशी उपाध्यक्ष गौतम जिरेल, महिला उपाध्यक्ष अञ्जलि तामाङ , महासचिव सुमन गैरे, खुला सचिव मणिसुन्दर कोइरला (सुन्दर शिरीष) र रोजन तामाङ, महिला सचिब भावना रिजाल, दलित सचिव गम्भीर बि.क. र कोषाध्यक्ष राजेन्द्र गजुरेल निर्वाचित भएका छन् ।
त्यस्तै समितिको सदस्यमा सरला अधिकारी , मैना अधिकारी ,मनोज दाहाल , नवराज अधिकारी , अनिल अधिकारी , यादव चौलागाइ , नवराज अधिकारी , रुपा अर्याल , रुपा गुरुङ , उमेश राई, कमला तामाङ (अस्मी) , दलति सदस्य बबिता नेपाली , सदस्य सिला तामाङ, गोबिन्द बास्ताकोटी र गोपिलाल तामाङ चयन भएका छन् ।
अधिबेशनले लेखा समितिको संयोजकमा बालगोबिन्द न्यौपाने र अनुशासन समितिको संयोजकमा मीना श्रेष्ठलाई चयन गरेको छ ।
अघिल्लो समितिका महासचिव ध्रुव ज्ञावलीले प्रस्तुत हालसम्मको प्रगति प्रतिबेदन र कोषाध्यक्ष बद्री अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिबेशन सर्वसहमतिले पारित गरिएको थियो ।
नेकपा (माओबादी केन्द्र ) वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले “बन्द सत्रमा भएको छलफल जनबादको प्रकृया हो ” भने । उनले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना प्रदान गरे ।
निर्वाचित समितिलाई सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटाले पद तथा गोपनीयताको सपथ खुवाएर प्रमाणपत्र बितरण गरेका थिए ।
६ फाल्गुन २०८१, मंगलवार ०२:३८