प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सिन्धुपाल्चोकमा गरेको कामको समिक्षा

जनतापत्र, सिन्धुपाल्चोक ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सिन्धुपाल्चोकमा अक्टोबर २०२२ देखि सेप्टेम्बर २०२४ सम्म संचालन गरेको कामको समिक्षा गर्दै जिल्ला समन्वय तथा सल्लाकार समितिको बैठक सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थाले हाल सम्म गरेको कार्यको वारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा वोल्दै वैठकका अध्यक्ष श्रेष्ठले मेलमिलाप सम्वन्धी ऐन २०६८ र नियमावली २०७० को व्यवस्था, नेपालको संविधानको धारा २१७ न्यायिक समितिको व्यवस्था र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत रहेर यस सस्था प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले जिल्लामा काम गरिरहेको बताएका छन् । स्थानीय तहमा न्यायिक समितिको सहयोगीको रुपमा काम गरिरहेको हामि सबैलाई जानकार छौं । स्थानिय तहमा शान्ती निर्माण सम्वन्धमा भएका काम र आगमी दिनमा कसरी काम गर्ने सन्दर्भमा महत्वपुर्ण छलफल गरेको कुरा उनले जानकारी दिए ।
हरेक विवादलाई संवादवाट नै दिगो रुपमा समाधान खोज्ने यस संस्थाको मर्मलाई हामी सवैले अवलम्वन गर्नु पर्दछ । हामीले स्थानीय तहमा, शान्ती निर्माण गर्नको लागि मेलमिलापको प्रकृयालाई स्थापीत गर्न जरुरी रहेको छ । जिल्लामा वहुरोकारवाला विवादहरु धेरै छन् । हामि संघियतामा गइ रहदा धेरै विवादहरु प्रकृतिक स्रोतमा नै आउने देखिन्छ । त्यसलाई वहुसरोकारवाला विवाद रुपान्तरण प्रकृयामा रहेर संवाद संचालन गर्दा त्यसको समाधान दिगो र सवैले जित्ने अवस्था सिर्जना हुन्छ । यस विषयमा उपस्थीत माहानुभावहरुले गभिरताका साथ लिन जरुरी उनले बताए ।यस शान्ती निर्माणको अभियानलाई सवै स्थानीय तहले प्राथमिकता राखेर वजेटको समेत व्यवस्थापन र आवस्यक सहयोग जुटाउन पहलकदमीमा लाग्न सवैमा सवैलाई अनुरोध गरे ।

प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले आफ्नो स्थापना काल देखिनै स्थानिय स्तरमा प्रकृतिक श्रोत (जल,जमिन र जंगल) मा देखिएका विवादहरुलाई सम्वादको माध्यम द्धारा रुपान्तरण गरी स्थानिय स्तरमा शान्ति निर्माण गर्ने अभियान, १९ वटा जिल्लाहरुमा संचालन भैरहेको छ ।
मध्य क्षेत्र अन्तरगतका ५ वटा जिल्लाहरु मध्य सिन्धुपाल्चोक जिल्लामा पनि यो अभियान निरन्तर रुपमा संचालन भैरहेको छ । यस अभियान अन्तरगतको सातौं चरणमा शान्तिका लागि संगसगै कार्यक्रमहरु संचालन भएको थियो ।
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले वहुसरोकार द्वन्द्व रुपान्तरण र सामुदायिक मेलमिलाप दुबै अभियान यश जिल्लामा संचालन गरेको छ । वहुसरोकार विवाद रुपान्तरण र मेलमिलाप अभियानको(फाटेको मन सिलाउने अभियान) चर्चापरिचर्चा धेरै हुने गरेको छ । जहाँ विवाद हुन्छ त्याहाँ प्रकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको नाम चल्ने गरेको छ । वास्तवमै यो अभियान छोटै समयमा स्थापित वनेको कुरा वैठकमा उपस्थीति रहेका वक्ताहरुको भनाइ रहेको छ ।
सो बैठकमा जिल्ला अदालतका श्रेस्तेदार, चौतारा सागाचोकागढी नगरपालिका उपप्रमुख सिता थापा , मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधान , जिल्ला प्रहरी कार्यालयका डिएसपी , डिभिजन वन कार्यालयका प्रमुख, मालपोत तथा नापि कार्यालयका प्रमुख , ईन्द्रावती गाउपालिका वडा नं ५ का वडा अध्यक्ष लगायत उपस्थीति रहेको संस्थाका राष्ट्रिय श्रोत व्यक्ति नेत्र धितालले जानकारी दिए । संस्थाको अभियान र गतिवीधिको वारेमा क्षेत्रिय संयोजक रिता मान्न्धरले बताएकी थिइन् । जिल्लाको गतिवीधिको वारेका भिडियो सहित टिका सुवेदीले प्रस्तुत गर्नु भएको थियो ।

८ आश्विन २०८१, मंगलवार १२:०४