/*php the_title();*/?>







जनतापत्र,काठमाण्डौं ।
प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा कार्यकारी निर्देशक चुपबहादुर थापाले संस्थाले फाटेको मन सिलाउदै समाजमा शान्ती स्थापना गर्न निरन्तर लागि रहेको बताए । जल, जङ्गल र जमिनसँग सरोकार राख्ने विभिन्न विवादका कारण फाटेका मनहरू सिलाएर दिगो शान्तिका लागि काम गरेको समेत बताए । हाम्रा माकुराहरूले विवादका दुवै पक्षलाई जित जितको अवस्थामा ल्याएर देशैभर हजारौँ यस्ता विवाद मिलाएका छन् । जसले गर्दा मुलुक भित्र यस्ता विवादहरूको दिगो व्यवस्थापनमा ठुलो सहयोग पुगेको धारणा उनले व्यक्त गरे ।
सो कार्यक्रममा चार्टड एकाउन्टेन्ट रामशरण गिरीले संस्थाको आर्थिक प्रतिवेदन पेस गरेका थिए । सामाजिक लेखाजोखा कार्यक्रममा अनुसन्धानकर्ता डा. सञ्जीव हुमागाईँले संस्थाले द्वन्द्व व्यवस्थापनमा दुवै पक्षलाई राखेर माकुरा मार्फत समस्याको समाधान खोज्ने तरिका, खाट विधि जस्ता अवधारणाले कार्यक्रम समुदायस्तरमा निकै प्रभावकारी देखिएको बताए ।
सो कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले समाजमा द्वन्द्व रूपान्तरणमा संस्थाले अपनाएको विधि मुलुकका विद्यमान अन्य विवादको समाधानका लागि समेत उदाहरणीय भएको पाएको बताए ।
कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य भारती पाठक, नवदुर्गा गाउँपालिका डडेलधुराकी उपप्रमुख निर्मला कुमारी बोगटी, भक्तपुर जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा लगायतले आफ्नो धारणा राखेका थिए । सो कार्यक्रमको अवसरमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
१६ पुष २०८१, मंगलवार ०२:३१