प्रधानमन्त्री ओलीको टिप्पणी: मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन

जनतापत्र,काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको स्पष्ट पारेका छन्।
सोमबार एमाले मुख्यालय च्यासलमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताका नाममा बनेका प्रतिष्ठानहरू व्यक्ति विशेषको स्वार्थमा प्रयोग हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।
ओलीका अनुसार, पार्टीले पुष्पलाल र मनमोहनजस्ता नेताका नाममा प्रतिष्ठान स्थापना गरे पनि केही प्रतिष्ठानहरू व्यक्ति विशेषको कब्जामा पुगेका ओलीले बताउनु भएको हो । केही व्यक्तिहरूले प्रतिष्ठान नछाडेर त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरूलाई आफ्नो पकडमा लिएका छन्। ती प्रतिष्ठानहरू परिवर्तनको पक्षमा लाग्ने होइन, व्यक्तिको ठगी खाने भाँडो बनेका समेत बताएका छन्।
प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको स्थापना पार्टीले नभई फरक ढङ्गले भएको बताउदै मदन(आश्रित स्मृति मनाउन नपाइने अवस्था आएपछि र केही विकृतिपूर्ण लेखहरू प्रकाशित भएपछि यो फाउन्डेसन जन्मिएको तर्क गरेका छन।
भविष्यमा मदन भण्डारी फाउन्डेसन कसरी अगाडि बढ्छ भन्नेमा आफ्नो अन्योल रहेको बताउँदै ओलीले भने, ूकम्युनिस्ट पाठशाला कि के भनेर एउटा अनलाइनमा आएको छ। त्यो व्यक्तिको हो कि परिवारकोरु आन्दोलनको नाममा काम गर्छ कि ठगी खाने भाँडोरुू उनले यस्ता संस्थालाई आन्दोलनको विपरीत प्रयोग गर्न नहुनेमा जोड दिए।
उल्लेखनीय छ, मदन भण्डारी फाउन्डेसनको संरक्षक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी छन्।

२७ श्रावण २०८२, सोमबार २१:०६