प्रथम नगरस्तरीय अन्तर–आधारभूत तह ७–ए साइड फुटबल प्रतियोगिता चौतारामा सम्पन्न

जनतापत्र,चौतारा सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी–५ मा निर्माणाधीन मिनी रंगशालामा प्रथम नगरस्तरीय अन्तर–आधारभूत तह ७–ए साइड फुटबल प्रतियोगिता–२०८२ सम्पन्न भएको छ। विद्यालयस्तरमा खेलकुदको प्रवर्द्धन र विद्यार्थीमा खेल सिप तथा उत्साह बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो। फाइनल खेलमा श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयले श्री जनविकास माध्यमिक विद्यालयलाई पेनाल्टीमा पराजित गर्दै विजेता बन्न सफल भयो। समापन कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले खेलकुदले विद्यार्थीमा अनुशासन र आत्मविश्वास विकास गर्न सहयोग पुर्‍याउने बताएका छन। उपप्रमुख सिता थापाले शिक्षासँगै खेललाई पनि समान प्राथमिकता दिनुपर्ने बताउँदै प्रतियोगिताले बालबालिकामा आत्मविश्वास वृद्धि गरेको उल्लेख गरिन्। कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो।

१ कार्तिक २०८२, शुक्रबार २०:१३