/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोकका दुबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ फरक–फरक दल विजयी भए पनि समानुपातिक मत परिणाममा भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पहिलो बनेको छ। जिल्लाका दुई प्रतिनिधि सभा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुली निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल विजयी भएका थिए।

तर समानुपातिकतर्फको मत परिणाम हेर्दा भने रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको छ। दुबै निर्वाचन क्षेत्रको मत जोड्दा रास्वपाले ५३ हजार ३ सय ९५ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेको निर्वाचन अधिकृत राजेशकुमार थापाले जानकारी दिनुभयो। समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टी दोस्रो बनेको छ। दुबै क्षेत्रमा गरी उक्त दलले २५ हजार ९ सय ४९ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेसले २४ हजार १ सय १९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्दा नेकपा एमालेले २३ हजार ४ सय ८२ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ।
सिन्धुपाल्चोकका दुबै प्रतिनिधि सभा क्षेत्रमा समानुपातिकतर्फ ५७र५७ वटा राजनीतिक दल सहभागी भएका थिए।
२७ फाल्गुन २०८२, बुधबार १९:०२