प्रचण्डले गरे तत्काल बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा ध्यान दिन सरकारलाई आग्रह

जनतापत्र, सुकुटे ।
बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुरोध गर्नुभएको छ ।

सिन्धुपाल्चोकका सोमबार सुकुटेमा आइपुग्नुभएका प्रचण्डले पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो अनुरोध गर्नुभएको हो ।
उहाँले काठमाडौ–सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीबृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको उहाले बताउनुभयो । यसपटकको बाढीपहिरोले काठमाडौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको थियो ।

१ माघ २०८१, मंगलवार ०७:२२