/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको ग्रेडिङ सम्पन्न
कराँते खेलाडीहरुको प्रथम ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्
यतामा नेपाल गोजुरियो कराँते संघ प्रगती डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको प्रथम ग्रेडिङ कार्यक्रम सकिएको हो । उक्त कार्यक्रममा नेपाल गोजुरियो कराँते संघका केन्द्रिय सचिव सानुबाबु गिरी लगायतको उपस्थिति रहेको थियो ।
नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोका प्रशिक्षक चन्द्र तामाङले ४२ जना प्रशिक्षार्थिमध्ये ३० जनालाई एल्लो,११ जनालाई ओरेन्ज बेल्ट र १ जनालाई ब्ल्यु बेल्ट प्रदान गरिएको बताउनुभएको छ ।
रास्ट्रको सान र गौरव संग जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बेल्ट प्रदान गर्दै नगर प्रमुख तामाङले जानकारी दिनुभयो ।
उहाँले अनुशासित र लगनशिल भएर खेललाई निरन्तरता दिदैँ आगामी दिनमा राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तर सम्म खेल्न सक्ने भएर अगाडी बढ्न अनुरोध गर्नु भयो ।
१२ पुष २०८१, शुक्रबार १२:०६