पुष १० गते मेलम्ची नगरका वडाहरुको अधिवेशन


जनतापत्र, मेलम्ची
अगामी पुष १० गते एमाले मेलम्ची नगरका वडाहरुको अधिवेशन हुने भएको छ ।
गत शनिबार नेकपा एमाले मेलम्ची नगर अधिवेशन आयोजक कमिटिको मेलम्चीमा विस्तारित वैठक सम्पन्न भएको थियो ।
सो बैठकले पुष १० गते एकै दिन १३ वटै वडा अधिवेशन गर्ने निर्णय गरेको नेकपा एमाले मेलम्ची नगर अधिवेशन आयोजक कमिटिका संयोजक शालिग्राम अधिकारीले बताउनुभयो ।
सयोंजक अधिकारीले वैठकले पुष ६ गते सबै जनसंगठनको संयुक्त वैठक आयोजना गर्ने र वडा अधिवेशन लगतै समिक्षा गरि नगर अधिवेशनको मिति तोकिने निर्णय गरिएको बताउनुभयो ।
बिभिन्न तत्त्वले पाटिप्रति देशभर भ्रम फैल्याउने काम गरेको भन्दै त्यस्ता भ्रमको पछि नलाग्न र जनता माझ यो भ्रम चिर्न लाग्न कार्यकर्ताहरुलाई कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पाटि स्थायी कमिटि सदस्य शेरबहादुर तामाङले अनुरोध गर्नुभयो ।

पाटि बिभाजनले पुर्याएको क्षतिलाई केन्द्रिय सदस्य सुवाश कर्मचार्यले मनन गर्नुभयो ।
उहाँले कार्यक्रममा बोल्दै एकताबद्ध भएर अघि बढ्न र पाटिलाई थप बलियो बनाउन सबै कार्यकर्ता लाग्नु पर्नेमा आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा केन्द्रिय अनुसाशन आयोगका सचिवालय सदस्य डम्बर अर्याल, प्रदेश कमिटि सदस्य हस्त पण्डित लगायतको सहभागिता रहेको थियो ।
उनिहरुले एमालेलाई जनता माझ अझै लोकप्रीय बनाउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने जानकारी दिए ।

२३ मंसिर २०८१, आईतवार १३:३७